Jeremiah 26:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब अगुवाहरू र सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई यसो भने, “यस मानिसले परमप्रभु हाम्रा परमेश्‍वरको नाममा यी कुरा भनेको हो, यसले मृत्युदण्ड पाउनुहुन्‍न।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अधिकारीहरू र ती सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यी मानिस प्राणदण्‍डको योग्‍य छैनन्‌। यिनले हामीलाई परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यी कुरा भनेका हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती अधिकारीहरू र मानिसहरूले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मृत्युदण्ड पाउन योग्य छैन! किनकि यसले याहवेह हाम्रा परमेश्‍वरको नाममा, उहाँको तर्फबाट हामीसित बोलेको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि सबै प्रशासकहरू र मानिसहरू बोले। ती मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यर्मियालाई मार्नु हुँदैन। जति कुराहरू यर्मियाले हामीलाई भने ती सबै परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो।”