Jeremiah 26:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई यसो भन्‍नुभयो, “मन्‍दिरको चोकमा खडा हो र मैले आज्ञा गरेका सबै कुरा यहूदाका सहरहरूबाट मन्‍दिरमा आराधना गर्न आउने मानिसहरूलाई एउटै कुरा नछोडी सुना।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु यसो भन्‍नुहुन्‍छ: परमप्रभुका घरको चोकमा खड़ा हो, र परमप्रभुको घरमा आराधना गर्न आउने यहूदाका नगरहरूका समस्‍त मानिसहरूलाई मैले तँलाई भन्‍नू भनी आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्, एउटै कुरा पनि नछोड्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह यसो भन्‍नुहुन्छ: याहवेहको भवनको चोकमा खडा हो, र याहवेहको भवनमा आराधना गर्न आउने यहूदाका सहरहरूका सबै मानिसहरूसित कुरा गर्। मैले तँलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई एक शब्द पनि नछोडी सुना।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड।