Jeremiah 26:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सायद मानिसहरूले ती कुरा सुनेर आ-आफ्‍ना दुष्‍ट चालहरू छोड्लान्। त्‍यसो भए तिनीहरूका दुष्‍ट चालले गर्दा जुन विनाश तिनीहरूमाथि ल्‍याउने मेरो मन थियो, त्‍यो म बदल्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शायद त्‍यो सुनेर तिनीहरू हरेक आ-आफ्‍नो दुष्‍ट चालदेखि फर्कलान्‌। तब तिनीहरूका दुष्‍टताको कारण तिनीहरूमाथि सर्वनाश ल्‍याउने मेरो मन म छोड्‌नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सायद तिनीहरूले सुन्लान् र तिनीहरू हरेक आफ्ना दुष्‍ट चालहरूबाट फर्कलान्। तब म आफ्नो मन परिवर्तन गर्नेछु र तिनीहरूले गरेका दुष्‍टताको कारण तिनीहरूमाथि विपत्ति ल्याउनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
यो हुनसक्छ, तिनीहरूले सुन्नेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिर्वतन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्टकर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछु त्यो बदलिनेछु।