Jeremiah 26:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[4-5] मानिसहरूलाई यसो भन्‍ने आज्ञा परमप्रभुले मलाई दिनुभयो, “म परमप्रभुले तिमीहरूलाई दिएका शिक्षा पालन गरेर अनि मैले तिमीहरूकहाँ पठाएका मेरा सेवकहरू, अगमवक्ताहरूका कुरामा ध्‍यान दिएर तिमीहरूले मेरो आज्ञापालन गर्नुपर्छ भनी मैले भनेको थिएँ। तिमीहरूले कहिल्‍यै तिनीहरूका कुरा मानेनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: यदि तिमीहरूले मेरा कुरा ध्‍यानसित सुनेनौ र मैले तिमीहरूका सामुन्‍ने राखिदिएको मेरो व्‍यवस्‍था तिमीहरूले पालन गरेनौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मैले तिमीहरूको सामु राखिदिएको मेरो व्यवस्था पालन गरेनौ भने,
Nepali ERV (पवित्र बाइबल)
तिमीले तिनीहरूलाई भन्नेछौ, ‘यही नै परमप्रभु भन्नुहुन्छ यदि तिमीहरूले मेरा कुराहरू सुनेनौ अनि मैले तिमीहरू अघि राखेको शिक्षाहरू।