Jeremiah 26:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि जब परमप्रभुले मलाई आज्ञा गर्नुभएका सबै कुरा मैले भनिसकें, तब तिनीहरूले मलाई समाते र यसो भन्‍दै चिच्‍च्‍याए, “अब तँ निश्‍चय मर्नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले गर्नुभएका सबै आज्ञा यर्मियाले सबै मानिसहरूलाई भनिसक्‍ने बित्तिकै पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तिमी मर्नैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब याहवेहले यर्मियालाई भन्‍नू भनी आज्ञा दिनुभएका सबै कुराहरू तिनले भनिसके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तँ अब मर्नैपर्छ!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ।