Jeremiah 27:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जुन जातिले बेबिलोनका राजाको जुवा बोक्‍न अर्थात् अधीनमा रहन चाहन्‍छ, त्‍यसलाई म आफ्‍नै देशमा बास गर्न र आफ्‍नो जमिन खन-जोत गरी त्‍यसका अन्‍न खाइरहन दिनेछु। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जुन जातिले आफ्‍नो घिच्रो बेबिलोनका राजाको जुवामुनि राख्‍छ र त्‍यसको सेवा गर्छ, त्‍यस जातिलाई म त्‍यसको आफ्‍नै देशमा खनजोत गर्न र रहन दिनेछु, परमप्रभु भन्‍नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि कुनै राष्ट्रले बेबिलोनको राजाको जुवामुनि निहुरेर त्यसको सेवा गर्छ भने म त्यस राष्ट्रलाई त्यसको आफ्नै देशमा खेती गर्न र बस्‍न दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।” ’ ”
Nepali ERV (पवित्र बाइबल)
“‘ती जातिहरू ज-जसले बाबेलका राजाको सार्वभौमिकतालाई ग्रहण गर्नेछ। अनि उसको सेवा गर्नेछ, जब सम्म चाहन्छन् म तिनीहरूलाई तिनीहरूकै भूमिमा विकास हुन दिन्छु,”‘ परमप्रभुले घोषणा गर्नुहुन्छ।