Jeremiah 27:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त्‍यही कुरा यहूदाका राजा सिदकियाहलाई भने, “बेबिलोनका राजाको जुवा बोक्‍न अर्थात् उहाँको अधीनमा जान स्‍वीकार गर। तिनी र तिनका प्रजाको सेवा गर र तिमी बाँच्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका राजा सिदकियाहलाई मैले त्‍यही सन्‍देश दिएँ। मैले भनें, “बेबिलोनका राजाको जुवा आफ्‍नो काँधमा लेऊ, र उनी र उनका प्रजाको सेवा गर र तिमी बाँच्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यही समाचार यहूदाका राजा सिदकियाहलाई दिएँ। मैले भनेँ, “बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध राख्; त्यस राजाको र त्यसका मानिसहरूको सेवा गर्, तब तँ जीवित रहनेछस्।
Nepali ERV (पवित्र बाइबल)
“‘मैले सिदकियाह यहूदाका राजालाई भनें, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिम्रो घिच्रोमा राख्नै पर्छ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्यौ भने तिमी बाँच्नेछौ।