Jeremiah 27:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका अधीनमा रहनुहुँदैन भन्‍ने अगमवक्ताहरूका कुरा नसुन। तिनीहरूले तिमीहरूलाई झूटा सल्‍लाह दिंदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्‍ने अगमवक्ताहरूका कुरा नसुन, किनकि उनीहरूले त तिमीहरूलाई झूटा अगमवाणी कहँदैछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, जसले तिमीहरूलाई, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ’ भन्दछन्; किनकि तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौ। “‘तिनीहरू तिमीहरूसित झूटो बोलिरहेकाछन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।”