Jeremiah 27:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफैंले भन्नुभएको छ कि उहाँले तिनीहरूलाई पठाउनुभएको होइन र उहाँको नाममा तिनीहरूले तिमीहरूसित झूटा कुरा गर्दै छन्। यसकारण उहाँले तिमीहरूलाई धपाउनुहुनेछ र तिमीहरू मारिनेछौ। तिमीहरू र तिमीहरूलाई झूटा कुरा गर्ने अगमवक्ता सबै नष्ट हुनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, ‘मैले त उनीहरूलाई पठाएको होइनँ, तर मेरो नाउँमा उनीहरू झूटो अगमवाणी कहिरहेका छन्। यसकारण म तिमीहरूलाई निर्वासित गर्नेछु, र तिमीहरू नष्ट हुनेछौ— तिमीहरू र तिमीहरूलाई अगमवाणी कहने तिमीहरूका अगमवक्ताहरू’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। यसकारण म तिमीहरू र तिमीहरूलाई अगमवाणी गर्ने अगमवक्ताहरू दुवैलाई देशबाट निकालिदिनेछु र तिमीहरू नाश हुनेछौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “मैले त्यस्ता अगमवक्ताहरूलाई पठाएको होइन, तर तिनीहरू मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। यसकारण यहूदाका मानिसहरूलाई सुदूर ठाँउमा पठाँउनेछु। तिमीहरू सड्नेछौ अनि त्यसरी नै ती अगमवक्ताहरू जसले तिमीहरूकहाँ अगमवाणी कहने तिनीहरू पनि नष्टछन्।”