Jeremiah 27:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले भन्नुभएको कुरा मैले पूजाहारीहरू र मानिसहरूलाई सुनाएँ, “मन्दिरका धन-सम्पत्ति बेबिलोनबाट फर्काई ल्याइनेछन् भन्ने अगमवक्ताहरूका कुरा नसुन। तिनीहरूले तिमीहरूलाई ढाँट्दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पूजाहारीहरू र यी सबै मानिसहरूलाई मैले यसो भनें, “परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरू आफ्ना अगमवक्ताहरूका कुरा नसुन, जसले भन्छन्, ‘परमप्रभुको भवनका भाँड़ाकुँड़ाहरू अब चाँड़ै बेबिलोनबाट ल्याइनेछन्।’ उनीहरूले तिमीहरूलाई झूटा अगमवाणी भन्दैछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले पुजारीहरू र यी सबै मानिसहरूलाई भनेँ, “याहवेह यसो भन्नुहुन्छ: ‘अब चाँडै नै याहवेहको भवनका सामग्रीहरू बेबिलोनबाट फर्काएर ल्याइनेछ,’ भनेर अगमवाणी गर्ने अगमवक्ताहरूको कुरा नसुन। तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तब मैले ती पूजाहारीहरू अनि ती प्रजालाई सूचना दिएँ, “परमप्रभु भन्नुहुन्छ ‘ती झूटा अगमवक्ताहरूको कुरा नसुन जसले बाबेलबाट परमप्रभुको मन्दिरमा जम्मै समानहरू झट्टै फर्काईंदैछ।’ तिनीहरूले झूटो बोलिरहेका छन्।