Jeremiah 27:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिनीहरू साँच्‍चै अगमवक्ता हुन् र तिनीहरूले मेरा वचन पाएका छन् भने म सर्वशक्तिमान् परमप्रभुलाई मन्‍दिर र राजमहलका बाँकी रहेका धन-सम्‍पत्ति बेबिलोनमा लैजान नदिनुहोस् भनी तिनीहरूले बिन्‍ती गरून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि उनीहरू अगमवक्ता हुन्‌ र परमप्रभुको वचन उनीहरूसित छ भने, परमप्रभुको भवनमा रहेका, यहूदाका राजाको महलमा रहेका र यरूशलेममा रहेका मालसामानहरू बेबिलोनमा नलगिऊन्‌ भनी सर्वशक्तिमान्‌ परमप्रभुसित उनीहरूले बिन्‍ती गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिनीहरू साँच्‍चै नै अगमवक्ताहरू हुन् र तिनीहरूसँग याहवेहको वचन छ भने याहवेहको भवनमा रहेका र यहूदाका राजाका महलमा र यरूशलेममा रहेका सामानहरू बेबिलोनमा नलगियोस् भनी तिनीहरूले सेनाहरूका याहवेहसँग बिन्ती गरून्।
Nepali ERV (पवित्र बाइबल)
यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यरूशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएकाछन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गरून्।”