Jeremiah 27:20 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदा र यरूशलेमका जम्मै भारदारहरूलाई यरूशलेमदेखि निर्वासित गरेर लाँदा लगेका थिएनन्—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन कुराहरू बेबिलोनका राजा नबूकदनेसरले यहोयाकीमका छोरा, यहूदाका राजा यहोयाकीनलाई यहूदा र यरूशलेमका मुख्य मनिसहरूसहित, यरूशलेमबाट बेबिलोनमा कैद गरेर लैजाँदा ती सामानहरू लगेका थिएनन्—
Nepali ERV (पवित्र बाइबल)
बाबेलका राजा नबूकदनेस्सरले जब यहोयाकीमको छोरा यहूदाका राजा यहोयकीन र यहूदा र यरूशलेमका जम्मै भारादारहरूलाई देश निष्कासन गरी बाबेलमा लगेका थिए, त्यस समय ती समानहरू बाबेल लगेनन्।