Jeremiah 27:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यरूशलेमको मन्‍दिर र राजमहलमा छोडिएको सर-सम्‍पत्तिबारे म परमप्रभु इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर के भन्‍दछु, सो सुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती मालसामानहरू, जुन परमप्रभुको भवन, यहूदाका राजाको महल र यरूशलेममा छोड़िएका छन्, तिनको विषयमा सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हो, याहवेहको भवनमा र यहूदाका राजाको महलमा र यरूशलेममा छोडिएका कुराहरूको विषयमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए।