Jeremiah 27:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सबै बेबिलोनमा लगिनेछन् र मैले फेरि लिन नपठाएसम्म त्यहीं रहनेछन्। त्यसपछि मैले ती सर-सम्पत्तिलाई फर्काई ल्याउनेछु र यरूशलेममा फेरि राख्नेछु। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘ती बेबिलोनमा पुर्याइन्छन्, र जबसम्म म तिनीहरूका निम्ति आउँदिनँ, तबसम्म ती त्यहीँ नै रहिरहनेछन्’ परमप्रभु भन्नुहुन्छ। ‘तब म तिनीहरूलाई फेरि फर्काएर ल्याउनेछु, र यस ठाउँमा फेरि राख्नेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘ती सामानहरू बेबिलोनमा लगिनेछन्; अनि म तिनीहरूका निम्ति केही नगरेसम्म ती त्यहीँ रहनेछन्,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘त्यसपछि म तिनीहरूलाई यरूशलेममा फर्काएर ल्याउनेछु र तिनीहरूलाई यस ठाउँमा पुनर्स्थापित गर्नेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
ती सारा समानहरू बाबेलमा लगिन्छ र जब सम्म तिनीहरूको निम्ति आउँदिन तब सम्म ती समानहरू त्यही रहन्छ।” यो सन्देश परमप्रभु भन्नुहुन्छ, “तब म ती समानहरू फर्काई ल्याउँनेछु। म ती समानहरू यो ठाउँमा फर्काई राख्नेछु।”