Jeremiah 27:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि यरूशलेमका सिदकियाह राजालाई भेट्‍न आउने एदोम, मोआब, अम्‍मोन, टुरोस र सीदोनका राजाहरूका राजदूतहरूद्वारा ती राजाहरूकहाँ एउटा सन्‍देश पठाउने आज्ञा परमप्रभुले मलाई गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यहूदाको राजा सिदकियाहकहाँ यरूशलेममा आएका दूतहरूका हातमा एदोम, मोआब, टुरोस र सीदोनका राजाहरूकहाँ समाचार पठा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि एदोम, मोआब, टायर, अम्मोन र सीदोनका राजाहरूका राजदूतहरू, जो यरूशलेममा यहूदाको राजा सिदकियाहलाई भेट्न आएका छन्, ती राजदूतहरूद्वारा राजाकहाँ समाचार पठा।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि एदोम, मोआब, अम्मोन, सोर र सीदोमका राजाहरूकहाँ यी राजाहरूका दूतहरू जो यहूदाका राजा सिदकियाहलाई भेट्न यरूशलेममा आएका छन् तिमीहरूको माध्यम यी समाचार पठाऊ।