Jeremiah 27:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, तिमीहरूले आ-आफ्‍ना राजाहरूलाई भन कि मैले आफ्‍नो ठूलो शक्ति र बाहुबलले यो संसार, यसका मानिस र पृथ्‍वीमा बास गर्ने जन्‍तुहरू बनाएँ। अनि म जसलाई चुन्‍दछु, त्‍यसलाई यो संसार दिंदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो पृथ्‍वी, यस पृथ्‍वीमा बस्‍ने मानिसहरू र पशुहरूलाई मैले नै आफ्‍नो महाशक्ति र बाहुबलले बनाएको छु, र जसलाई इच्‍छा गर्छु त्‍यसलाई म त्‍यो दिन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफ्नो महाशक्ति र बलवान् हातले पृथ्वी र त्यसमा भएका मानिसहरू र पशुप्राणीहरू बनाएँ; जसलाई इच्छा लाग्छ त्यसैलाई म यो दिन्छु।
Nepali ERV (पवित्र बाइबल)
मैले पृथ्वीमा सारा पशुहरू बनाएँ। यो मैले मेरो महान शक्ति र बलिष्ठ पाखुराले गरें। म यो पृथ्वी जसलाई चाहन्छु त्यसैलाई दिन सक्छु।