Jeremiah 27:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई बेबिलोनका राजाको अधीनमा रहनुहुँदैन भन्ने आफ्नै अगमवक्ताहरूका कुरा तथा अरू सपना वा मरेका मानिसका आत्मा वा जादू, टुना-मुनाद्वारा भविष्य बताउन दाबी गर्ने कुनै पनि मानिसका कुरा नसुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण ‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्ने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ फुकाउनेहरू, भूतप्रेत खेलाउनेहरू र जादूगरी गर्नेहरूका कुरा नसुन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरूले आफ्ना अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, टुनामुना गर्नेहरूका कुरा नसुन, जसले तिमीहरूलाई भन्नेछन्, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ।’
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरू अगमवक्ताहरू जोखना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ,” तिमीहरूलाई ध्यान नदेऊ।