Jeremiah 28:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनले सबै मानिसहरूको सामुन्ने यसो भने, “यसरी नै राजा नबूकदनेसरले जाति-जातिका काँधमा लगाएका जुवा म भाँचिदिनेछु भनी परमप्रभुले भन्नुभएको छ र त्यो दुई वर्षभित्र उहाँले गर्नुहुनेछ।” त्यसपछि म बिदा भएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि हनन्याहले सबै मानिसहरूका सामुन्ने यसो भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘यसरी नै यी दुई वर्ष भित्रमा म सबै जातिका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु’।” तब यर्मिया अगमवक्ताचाहिँ आफ्नो बाटो लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले सबै मानिसहरूको सामु भने, “याहवेह यसो भन्नुहुन्छ: ‘यसै गरी म दुई वर्षभित्र सबै राष्ट्रहरूका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु।’ ” त्यसपछि अगमवक्ता यर्मियाचाहिँ आफ्नो बाटो लागे।
Nepali ERV (पवित्र बाइबल)
तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जूवा म सबै जातिहरूको काँधबाट दुइ वर्ष भित्रमा भाँचि दिन्छु।”‘ त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए।