Jeremiah 28:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको छ कि यी सबै जातिहरूलाई फलामको जुवा लाइदिनेछु र यिनीहरूले बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नेछन्। म जङ्गलका जनावरहरूलाई पनि उसको सेवा गर्न लाउनेछु भनी परमप्रभुले भन्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्नलाई म यी सबै जातिहरूका काँधमा फलामको जुवा लगाइदिनेछु, र उनीहरूले त्यसको सेवा गर्नेछन्। वनका पशुहरूलाई पनि म त्यसको अधीनमा राख्नेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘बेबिलोनको राजा नबूकदनेसरको सेवा गरून् भनेर म यी सबै राष्ट्रहरूका काँधमा फलामको जुवा राखिदिनेछु; अनि तिनीहरूले नबूकदनेसरको सेवा गर्नेछन्। म त्यसलाई जङ्गली जनावरहरूमाथि पनि अधिकार गर्नलाई दिनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘म सारा जातिहरूका काँघमा फलामको जूवा लगाइदिनेछु ताकि तिनीहरूले बाबेलका राजा नबूकदनेस्सरको सेवा गरून। तिनीहरू राजा नबूकदनेस्सरका दास-दासीहरू हुनेछन्। म उसलाई जङ्गली जानवर माथि पनि राज गर्ने क्षमता प्रदान गर्नेछु।”‘