Jeremiah 28:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबको दुई वर्षमा नबूकदनेसर राजाले बेबिलोनमा लगेका मन्दिरका सारा धन-सम्पत्ति म यस ठाउँमा फर्काई ल्याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनको राजा नबूकदनेसरले परमप्रभुको भवनका जति मालसामानहरू यस ठाउँबाट बेबिलोनमा लगेको थियो, ती सबै दुई वर्ष भित्रैमा म फेरि यस ठाउँमा फर्काइल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनको राजा नबूकदनेसरले यस ठाउँबाट निकालेर बेबिलोनमा लगेका याहवेहको भवनका सबै सामग्रीहरू दुई वर्षभित्र नै म फर्काएर ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
दुइ वर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु।