Jeremiah 28:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी र मभन्दा धेरै समय अघिका अगमवक्ताहरूले धेरै जाति र शक्तिशाली राज्यहरूमा लडाइँ, अनिकाल र रुढीहरू आउनेछन् भनी अगमवाणी गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म र तिम्रा अघि आएका अगमवक्ताहरूले त धेरै देशहरू र ठूला-ठूला राज्यहरूका विरुद्धमा लड़ाइँ, अनिकाल र रूढ़ीका विषयमा अगमवाणी भनेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुरुदेखि नै तिमी र मभन्दा अगिका अगमवक्ताहरूले धेरै देशहरू र ठूला राज्यहरूको विरुद्धमा लडाइँ, विपत्ति र रूढीको अगमवाणी गर्थे।
Nepali ERV (पवित्र बाइबल)
हनन्याह त्यहाँ तिमी र म अगमवक्ता हुन भन्दा धेरै अघि नै अगमवक्ताहरू थिए। तिनीहरूले युद्ध, अनिकाल, भयानक रूढी धेरै देशहरू र महान राज्यहरूमा आउनेछ भनेर प्रचार गरेका थिए।