Jeremiah 29:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु भन्‍नुहुन्‍छ, ‘बेबिलोनका कैदका सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूलाई हेर्न आउनेछु र तिमीहरूलाई घर फर्काई ल्‍याउनेछु। मेरो प्रतिज्ञा पूरा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ, “बेबिलोनको निम्‍ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूकहाँ आउनेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: “जब बेबिलोनको निम्ति सत्तरी वर्ष पूरा हुन्छ, तब म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी तिमीहरूसँग गरेको मेरो असल प्रतिज्ञा पूरा गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी वर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु।