Jeremiah 29:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीहरूको निम्ति रचेका उपायहरू म आफैं जान्दछु। ती उपायहरूद्वारा तिमीहरूको फलिफाप हुनेछ तर खति हुनेछैन र तिमीहरूले आशा गरेका र उज्वल भविष्य तिमीहरूलाई दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। “ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
Nepali ERV (पवित्र बाइबल)
म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु।