Jeremiah 29:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँचो हो, म भन्‍दछु, तिमीहरूले मलाई भेट्टाउनेछौ र म तिमीहरूलाई तिमीहरूको आफ्‍नो देशमा ल्‍याइपुर्‍याउनेछु। मैले तिमीहरूलाई धपाई पठाएको हरेक देश र ठाउँबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु। जुन देशबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्‍यही देशमा म तिमीहरूलाई फर्काई ल्‍याउनेछु। म परमप्रभु बोलेको छु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले मलाई भेट्टाउनेछौ,” परमप्रभु भन्‍नुहुन्‍छ,” र कैदबाट म तिमीहरूलाई फर्काइल्‍याउनेछु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएका सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि म तिमीहरूलाई जम्‍मा गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ, त्‍यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइल्‍याउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मलाई तिमीहरूले भेट्टाउनेछौ, याहवेह घोषणा गर्नुहुन्छ; अनि म तिमीहरूलाई कैदबाट फर्काइल्याउनेछु। तिमीहरूलाई मैले धपाएर पठाएका सबै राष्ट्रहरू र ठाउँहरूबाट भेला गर्नेछु। अनि जुन ठाउँबाट मैले तिमीहरूलाई निर्वासनमा पठाएँ, त्यही ठाउँमा म तिमीहरूलाई फर्काएर ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई भेट गर्न अनुमित दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो “म तिमीहरूलाई कैदबाट छुटाई ल्याउनेछु। म तिमीहरूलाई सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि भेला गर्नेछु जहाँ मैले तिमीहरूलाई पठाएको थिएँ।” यो परमप्रभुबाट आएको सन्देश हो। “अनि तिमीहरूलाई यस ठाँउमा फर्काई ल्याउनेछु।”