Jeremiah 29:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘म तिमीहरूमाथि लडाइँ, अनिकाल र रुढी ल्याउनेछु र तिनीहरूलाई खान नसकिने गरी सडेको नेभाराझैँ बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हो, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाउनेछु, र म तिनीहरूलाई कुहेका अञ्जीरहरूझैँ तुल्याउनेछु, जो यति साह्रो कुहेका हुन्छन् कि ती खान पनि सकिँदैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, सेनाहरूका याहवेह भन्नुहुन्छ: “म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र रूढी पठाउनेछु; अनि म तिनीहरूलाई खानै नसकिने गरी कुहिएको नेभारा जस्तै बनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म तरवार, अनिकाल, र भयानक रूढीहरू ती मानिसहरूका विरूद्ध पठाउँदैछु जो यरूशलेममा बसिरहेका छन्। तिनीहरूलाई खान नसकिने कुहेका नेभाराहरू जस्ता बनाउने छु।