Jeremiah 29:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा सेवक अगमवक्ताहरूद्वारा मैले तिनीहरूलाई पठाइरहेको सन्‍देश तिनीहरूले नमानेका हुनाले यो कुरा हुनेछ। तिमीहरूले पनि मेरो सन्‍देश सुनेनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनीहरूले मेरा कुरा ध्‍यानसित सुनेनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “जुन वचन मैले मेरा दास अगमवक्ताहरूद्वारा घरीघरी पठाएको थिएँ। र तिमी निर्वासितहरूले पनि ध्‍यानसित सुनेनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“किनकि तिनीहरूले मेरा वचन सुनेनन्, याहवेह घोषणा गर्नुहुन्छ, अर्थात् मैले बारम्बार मेरा सेवक अगमवक्ताहरूद्वारा तिनीहरूकहाँ पठाएका वचनहरू तिमी निर्वासनमा गएकाहरूले पनि सुनेका छैनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा बस्ने ती मानिसहरूले मेरो कुराहरू प्रति ध्यान नदिंदा मैले तेस्तो अनिष्ट कुराहरू तिनीहरू प्रति घटाउन लगाएको हो।” यो परमेश्वरबाट आएको सन्देश हो। “किनभने तिनीहरूले मेरा वचनहरू सुनेनन् जब मैले सेवक, अगमवक्ताहरू घरिघरि तिनीहरूकहाँ पठाएँ। तिनीहरूले कुनै ध्यान नै दिएनन्।” मेरो सन्देश परमप्रभुबाट आएको हो।