Jeremiah 29:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोयाकीन राजा, तिनकी आमा, महलका भारदारहरू, यहूदा र यरूशलेमका अगुवाहरू, कारिगरहरू र सिपालु कर्मीहरू कैदमा लगिएपछि मैले त्यो पत्र लेखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(राजा यहोयाकीन, राजमाता, महलका अधिकृतहरू, यहूदा र यरूशलेमका अगुवाहरू, कारीगर र निपुण कलाकारहरू यरूशलेमबाट निर्वासित भएपछि यो पत्र लेखिएको हो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(योचाहिँ राजा यहोयाकीन र राजमाता, यहूदा र यरूशलेमका अदालतका अधिकारीहरू र अगुवाहरू, दक्ष कारिगरहरू र शिल्पकारहरू सबै यरूशलेमबाट निर्वासनमा गइसकेपछि पठाइएको पत्रको कुरा हो)।
Nepali ERV (पवित्र बाइबल)
यो पत्र राजा यहोयाकीन, राजमाता, नपुंसकहरू अनि यहूदा र यरूशलेमका शासकहरू, कारीगरहरू, लोहारहरू जसलाई यरूशलेमबाट ल्याएका थिए सबैलाई पठाए।