Jeremiah 29:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुको नाममा तिमीहरूलाई झूटो कुरा सुनाउने कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहबारे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले भन्‍नुभएको छ। उहाँले भन्‍नुभएको छ कि तिनीहरूलाई उहाँले बेबिलोनको राजा नबूकदनेसरका हातमा दिनुहुनेछ र नबूकदनेसरले तिमीहरूका आँखाका सामुन्‍ने तिनीहरूलाई मार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाह, जसले मेरो नाउँमा झूटा अगमवाणी कहँदैछन्, तिनीहरूको विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्‍पिदिनेछु, र त्‍यसले तिमीहरूकै नजरको सामुन्‍ने तिनीहरूलाई मार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो नाममा झूटो अगमवाणी गर्ने कोलायाहको छोरा आहाब र मासेयाहको छोरा सिदकियाहको बारेमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले तिनीहरूलाई तिमीहरूका आँखाकै सामु मार्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झूटो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुन्ने मार्नेछन्।