Jeremiah 29:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमबाट कैद गरी बेबिलोनमा लगिएका मानिसहरूले जब कसैलाई सराप्‍न चाहन्‍छन्, तब तिनीहरूले भन्‍नेछन्, ‘बेबिलोनको राजाले जिउँदै पोलेको सिदकियाह र आहाबलाई झैँ परमप्रभुले तँसित व्‍यवहार गरून्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूकै कारणले यहूदाबाट बेबिलोनमा निर्वासन भएकाहरूले यो सराप प्रयोग गर्नेछन्‌: ‘परमप्रभुले तँलाई सिदकियाह र आहाबजस्‍तै बनाऊन्, जसलाई बेबिलोनको राजाले आगोमा डढ़ाएका थिए’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको कारण बेबिलोनमा भएका यहूदाका कैदीहरू सबैले यसरी श्राप प्रयोग गरेर भन्‍नेछन्: “याहवेहले तिमीहरूलाई सिदकियाह र आहाबलाई गरेजस्तै गरून्, जसलाई बेबिलोनका राजाले आगोमा जलाएका थिए।”
Nepali ERV (पवित्र बाइबल)
सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गरून् जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’