Jeremiah 29:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई रोक्नुपर्छ किनभने त्यसले बेबिलोनमा गएका मानिसहरूलाई ‘तिमीहरू त्यहाँ धेरै दिन कैदी भई रहनेछौ र घरबार बनाएर बसोबास गर्ने, बारी, बगैँचा लाउने र त्यहाँका उब्जनी खाने मेलो गर’ भनेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनमा हामीलाई त्यसले यस्तो समाचार पठाएको छ, ‘तिमीहरूको निर्वासन धेरै समय रहनेछ। यसकारण घरहरू बनाएर बस, बारीहरू लगाओ र तिनका उब्जनी खाओ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले हामीलाई बेबिलोनमा यो समाचार पठाएको छ: यो कैदको समय लामो हुनेछ: यसकारण तिमीहरूले घरहरू बनाओ र बसोबास गर; बगैँचा लगाओ र त्यसका उब्जनीहरू खाओ।’ ”
Nepali ERV (पवित्र बाइबल)
यर्मियाले यसो भन्दै यो समाचार हामीलाई बाबेलमा पठाएका थिए, “तिमीहरू बाबेलमा धेरै समय सम्म बस्नेछौ। यसकारण घरहरू बनाऊ र त्यही बस्। जमीन कमाऊ र त्यसका उब्जनी खाऊ।