Jeremiah 29:32 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म नेहेलामवासी शमायाह र त्यसका वंशलाई दण्ड दिनेछु। त्यसको कुनै पनि वंश यस प्रजामा जीवित रहनेछैन, र मेरो प्रजालाई जो भलाइ म गर्नेछु त्यो त्यसले हेर्नेछैन, किनभने त्यसले मेरो विरुद्धमा विद्रोही कुरा गरेको छ, परमप्रभु भन्नुहुन्छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह यसो भन्नुहुन्छ, म नहेलामवासी शमायाह र त्यसका सन्तानलाई निश्चय नै दण्ड दिनेछु। यस जातिहरूको बीचमा त्यसको एक जना सन्तान पनि छोडिनेछैन, न त मैले आफ्नो जातिलाई गर्ने असल कुराहरू त्यसले देख्नेछ, याहवेह घोषणा गर्नुहुन्छ: किनभने त्यसले मेरो विरुद्धमा विद्रोह गर्न सिकाएको छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु भन्नुहुन्छ “म उसको परिवार र उसलाई सजाय दिनेछु। म पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन म मेरो मानिसहरूका निम्ति गर्नेछु देख्नु पाउने छैन।” यो परमप्रभुको सन्देश हो “‘म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरूद्ध भडकाएको छ।”‘ आशाका वचनहरू