Jeremiah 29:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहेबारी गर र सन्तानहरू खडा गर। तिम्रा छोरा-छोरीहरूले पनि बिहेबारी गरून् र बाल-बच्चाहरू जन्माऊन्। तिमीहरूको सङ्ख्या बढ्नुपर्छ, घट्नुहुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विवाहबारी गरेर छोराछोरीहरू जन्माओ, छोराहरूका निम्ति बुहारीहरू ल्याओ, र छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूले छोराछोरीहरू जन्माऊन्। त्यहाँ आफ्नो संख्या बढ़ाओ, घटेर नजाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विवाह गर र छोराछोरीहरू जन्माओ; तिमीहरूका छोराहरूका निम्ति पत्नीहरू खोजिदेओ र आफ्ना छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूका पनि छोराछोरीहरू होऊन्। तिमीहरू संख्यामा वृद्धि हुँदैजाओ, तर घटेर नजाओ।
Nepali ERV (पवित्र बाइबल)
विवाह-बारी गरेर छोरा-छोरीहरू जन्माऊ। आफ्ना छोराहरूको लागि बुहारीहरू रोज। त्यसो गर्दा तिनीहरूले पनि छोरा-छोरीहरू जन्माउनेछन्। त्यहाँ सन्तान बढाऊ, नघटाऊ।