Jeremiah 29:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यो चेतावनी दिंदछु कि तिमीहरूका माझमा बास गर्ने अगमवक्ताहरू वा हामी भविष्यका कुरा बताउन सक्छौं भनी दाबी गर्ने अरू मानिसहरूका छलमा नपर। तिमीहरू आफैंले रचेका सपनाका कुरामा ध्यान नदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हो, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूका बीचमा हुने तिमीहरूका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूको इच्छाअनुसार तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यान नदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हो, सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूका बीचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूले देखेका सपनाहरूमा ध्यान नदेओ।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रहरू गर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ।