Jeremiah 3:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले आफ्नी स्वास्नीलाई त्याग्छ र त्यो स्त्रीले उसलाई छोडेर अर्को पुरुषसित बिहे गरी भने त्यस मानिसले फेरि त्यस स्त्रीलाई घर फर्काउन सक्दैन। त्यसो गर्नाले सारा देश बिटुलिनेछ। तर ए इस्राएल, तैँले धेरै प्रेमीहरूसित व्यभिचार गरिस् र फेरि मकहाँ फर्किआउन चाहन्छस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि कुनै मानिसले आफ्नी पत्नीलाई त्याग्छ र त्यो स्त्री उदेखि छुट्टिएर अर्को मानिसकी पत्नी भई भने, के त्यो मानिसले फेरि त्यसकहाँ फर्केर जानुपर्ने? के त्यो देश बिलकुलै बिटुलो हुनेथिएन र? तर तँचाहिँ एउटी वेश्याझैँ धेरैकहाँ गएकी छस्— र के तँ मकहाँ फर्केर आउँछेस्?” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कुनै मानिसले आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद गर्यो र स्त्रीले त्यसलाई छोडेर अर्को मानिससित विवाह गरी भने, के त्यो पतिले त्यस स्त्रीलाई फेरि फर्काएर ल्याउँछ र? यसो गर्दा के देश पूर्ण रूपले अशुद्ध हुँदैन र? तर तँ धेरै प्रेमीहरूसित एक वेश्याझैँ बसेकी छेस्, अर्थात् के अब तँ मकहाँ फर्केर आउन सक्छेस्?” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह, यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ। अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।