Jeremiah 3:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मलाई उत्तर दिशामा गएर इस्राएललाई यसो भन्ने आदेश दिनुभयो, “ए अविश्वासी इस्राएल, मतिर फर्की। म कृपालु छु र क्रोध गर्दिनँ, म सधैँ तँसित रिसाउनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जा, उत्तरमा गएर यो सन्देश प्रचार गर्: “‘हे अविश्वासी इस्राएल, तँ फर्की,’ परमप्रभु भन्नुहुन्छ, ‘आँखा तरेर म अब तँलाई हेर्नेछैनँ, किनभने म कृपालु छु,’ परमप्रभु भन्नुहुन्छ, ‘म सधैँ रीस गरिरहनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जा, उत्तरतिर यो सन्देश घोषणा गर्: “याहवेह भन्नुहुन्छ: ‘अविश्वासी इस्राएल फर्की, म तँलाई फेरि रिसाएको आँखाले हेर्नेछैनँ; किनकि म विश्वासयोग्य छु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘म सधैँभरि रिसाउनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर ‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिनीमाथि आँखा तर्न बन्द गर्छु। म कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो। म अब उसो तिमीसित रीस गर्ने छैन।