Jeremiah 3:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले म, परमप्रभु परमेश्‍वरको विरुद्धमा उठेको र मेरा आज्ञा नमानी हरेक हरियो रूखमुनि पराई देवी-देवताहरूसित व्‍यभिचार गरेको दोष मानिली। म, परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केवल, तँ, परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा बागी भइस्, र हरेक झ्‍याम्‍म परेको रूखमुनि पराई देवताहरूलाई तेरो निगाह देखाइस्, र तैंले मेरो आज्ञापालन गरिनस्‌ भनी आफ्‍नो दोष स्‍वीकार गर्‌’,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले आफ्नो दोष मात्र स्वीकार गर्, तँ याहवेह तेरा परमेश्‍वरको विरुद्धमा विरोधी भएकी छेस्; अनि तैँले आफ्नो प्रेम हरेक झ्याम्म परेको रूखमुनि विदेशी देवी-देवताहरूलाई बाँडिदिएकी छेस्; अनि मेरा आज्ञापालन गरेकी छैनस्,’ याहवेह घोषणा गर्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीले आफ्नो खराब कर्म स्वीकार्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरूध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमनि तिमीले पराई देवताहरू पज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।” यो सन्देश परमप्रभुबाट आएको हो।