Jeremiah 3:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे अविश्‍वासी मानिसहरू हो, मतिर फर्क, म तिमीहरूको स्‍वामी हुँ। म तिमीहरूलाई हरेक सहरबाट एक जना र हरेक गोत्रबाट दुई जना गरी लिएर सियोन डाँडामा फर्काई ल्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“फर्क, अविश्‍वासी प्रजा हो,” परमप्रभु भन्‍नुहुन्‍छ, “किनभने म तेरो पति हुँ। म सहरबाट एक जनालाई र वंशबाट दुई जनालाई छान्‍नेछु र तिमीहरूलाई सियोनमा ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “हे अविश्‍वासी मानिसहरू हो, फर्क! किनकि म तिमीहरूको पति हुँ। म तिमीहरूलाई एउटा सहरबाट एक जनालाई र एउटा वंशबाट दुई जना गरेर छान्‍नेछु—अनि म तिमीहरूलाई सियोनमा ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
“हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो। “म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु।