Jeremiah 3:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “ए इस्राएल, मैले तँलाई आफ्नो छोरो बनाउन र एउटा सुखमय देश, संसारको सबैभन्दा सुन्दर देश दिन चाहन्थें, तैँले मलाई पिता भनी पुकारेको र मलाई कहिल्यै नछोडेको चाहन्थें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म आफैले भनें, ‘कति खुशीसित आफ्ना छोराहरूजस्तै तिमीहरूसँग व्यवहार गर्नेथिएँ र एउटा सुन्दर देश, जातिहरूमा सबैभन्दा मनपर्दो पैतृक-सम्पत्ति तिमीहरूलाई दिनेथिएँ। अनि मैले विचार गरेको थिएँ, कि तिमीहरूले मलाई ‘पिता’ भनी पुकार्नेछौ र मलाई पछ्याउनदेखि फर्केर जानेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म याहवेह आफैँले भनेको हुँ, “ ‘म कति खुशीसाथ तिमीहरूलाई मेरो छोराछोरीहरूजस्तै व्यवहार गर्नेथिएँ; अनि तिमीहरूलाई अति असल देश, मेरो राष्ट्रमा सबैभन्दा सुन्दर उत्तराधिकार दिनेथिएँ।’ तिमीहरूले मलाई ‘पिता’ भनी बोलाउनेछौ, र मलाई पछ्याउन छोड्नेछैनौ भनी सोचेको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
“म, परमप्रभुले भनें, ‘म तिमीहरूलाई आफ्नै नानीहरूलाई झैं व्यवहार गर्नु चाहन्छु। म तिमीहरूलाई अन्य जातिहरू भन्दा पनि अझ राम्रो भूमि दिनु चाहन्छु।’ तिमीहरूले मलाई ‘पिता’ भन्नेछौ अनि सधैं मेरो अनुसरण गर्नेछौ।