Jeremiah 3:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उजाड-डाँडाहरूमाथि एउटा सोर सुनियो, इस्राएलको रुवाइ र पुकारको सोर किनभने तिनीहरूले पापमा जीवन बिताएका छन् र तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरलाई बिर्सेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाङ्गा डाँड़ाहरूमा एउटा चिच्च्याई सुनिन्छ— इस्राएलका मानिसहरूका रुवाइ र पुकाराको सोर, किनभने तिनीहरू कुमार्गमा चलेका छन्, र तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नाङ्गा डाँडाहरूमा एउटा रोदन सुनिन्छ; इस्राएलका मानिसहरूका रुवाइ र दयाका निम्ति पुकाराको सोर, किनकि तिनीहरू कुबाटोतिर लागेका छन्; अनि याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेका छन्।
Nepali ERV (पवित्र बाइबल)
नाङ्गो डाँडाहरूमा तिमीहरूले रोइरहेको सुन्न सक्छौ। इस्राएलका मानिसहरू दयाको निम्ति रोइरहेछन् र प्रार्थना गरिरहेछन्। तिनीहरू एकदमै दुष्ट भए। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।