Jeremiah 3:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पिता-पुर्खाहरूले धेरै वर्ष अघिदेखि कमाएका सबै थोक बाल-देवताको पूजाले हामीबाट हरण गर्यो, त्यस लाजमर्दो देवताले हाम्रा भेडा-बाख्राहरू, गाई-वस्तु, छोरा-छोरी सबै लुट्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा युवावस्थादेखि नै ती लाजलाग्दा देवताहरूले हाम्रा पिता-पुर्खादेखि परिश्रम गरेर ल्याएका फलहरूलाई— अर्थात् तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीहरूलाई स्वाहा गरेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रो जवान अवस्थाबाट नै लाजमर्दो देवी-देवताहरूले हाम्रा पितापुर्खाहरूका परिश्रमका फलहरू— अर्थात्, भेडाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू; अनि तिनीहरूका छोराछोरीहरू सबै कुरा निलिदिएको छ।
Nepali ERV (पवित्र बाइबल)
हामीहरू युवास्था देखि नै झूटो देवताले हाम्रा पिता-पुर्खाहरूको सम्पत्ति नष्ट पारिदिए। तिनीहरूका भेडा, गाई-गोरूका बथानहरू अनि छोरा छोरीहरू पनि लगिदिए।