Jeremiah 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तपाईंले मसित सधैँ रिस गरिरहनुहुन्‍छ? के तपाईं सधैँ मेरो विरुद्धमा हुनुहुन्‍छ?’ ए इस्राएल, तैँले भन्‍न त त्‍यसै भनिस् तर सकभर दुष्‍ट्याइँ नै गरिस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईं सधैँ रिसाइरहनुहुन्‍छ र? के तपाईंको क्रोध सधैँसम्‍म रहिरहन्‍छ?’ तैंले त यसरी कुरा गर्छेस्, तर तैंले सकेसम्‍म खराबी गर्छेस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईं सधैँ रिसाइरहनुहुनेछ? के तपाईंको क्रोध सदासर्वदा रहिरहनेछ?’ तैँले यसरी कुरा गर्छेस्, तर तैँले सक्ने सबै दुष्‍ट्याइँ गर्छेस्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीले पनि भन्यौ, ‘परमेश्वर मसित सधैं क्रोधित रहनु हुँदैन। परमेश्वरको रीस धेरै बेर रहने छैन।’ “यहूदा, तिमीले यी त कुराहरू भन्यौ, तर तिमीले सके जति दुष्ट कामहरू गर्यौ।”