Jeremiah 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सोचेको थिएँ कि त्यसले ती सबै काम गरिसकेपछि मतिर निश्चय फर्कनेछे तर त्यो फर्किन। त्यसकी अविश्वासी बहिनी यहूदाले पनि त्यो देखी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्यो फर्किन, र त्यसकी विश्वासघाती बहिनीले त्यो देखी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलले यी सबै कुरा गरेपछि मतिर फर्किन्छे होला भन्ने मैले सोचेको थिएँ, तर त्यो फर्किन। अनि त्यसकी अविश्वासी बहिनी यहूदाले यो कुरा देखी।
Nepali ERV (पवित्र बाइबल)
मैले आफैलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बाहिनी यहूदाले देखी।