Jeremiah 3:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई त्यागेर वेश्या बनेकी हुनाले मैले इस्राएललाई त्यागेर घरबाट धपाइदिएको देखेर पनि त्यसकी अविश्वासी बहिनी यहूदाले केही डर मानिन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस अविश्वासी इस्राएलका सबै व्यभिचारको कारण मैले त्यसलाई त्यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्यसकी विश्वासघाती बहिनी यहूदा डराइन, तर गएर त्यसले पनि वेश्यावृत्ति गरी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले अविश्वासी इस्राएललाई त्यसको सम्बन्ध-विच्छेदको त्यागपत्र दिएँ र त्यसको व्यभिचारको कारण त्यसलाई टाढा पठाइदिएँ। तापनि त्यसकी अविश्वासी बहिनी यहूदा डराइन; त्यो पनि गई र व्यभिचार गरी।
Nepali ERV (पवित्र बाइबल)
इस्राएल अविश्वासी थिए अनि तिनले चाल पाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चाल पाइ कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं कर्म गर्नु लागि।