Jeremiah 3:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उल्टो त्यो पनि लाज नमानी वेश्या भई। त्यसले देश अपवित्र पारी, रूख र ढुङ्गाहरू पुजेर व्यभिचार गरी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वेश्यावृत्ति इस्राएलको निम्ति यति सजिलो कुरा भयो, कि त्यसले ढुङ्गा र रूखसित व्यभिचार गरेर देशलाई बिटुलो पारी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि इस्राएलको अनैतिक चरित्र त्यसको निम्ति केहीजस्तो लागेन, त्यसले ढुङ्गा र काठसित व्यभिचार गरेर देशलाई बिटुलो पारेकी छे।
Nepali ERV (पवित्र बाइबल)
यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।