Jeremiah 30:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे मेरा सेवक याकूब, नडरा। हे इस्राएलका बासिन्‍दाहरू हो, भय नमान। त्‍यो टाढाको देश, जहाँ तिमीहरू निकालाबास भएर गएका थियौ, त्‍यहाँबाट म तिमीहरूलाई छुटाएर ल्‍याउनेछु। तिमीहरू घर फर्कनेछौ र शान्‍तिमा बास गर्नेछौ। तिमीहरू सुरक्षित रहनेछौ र कसैले तिमीहरूलाई डर देखाउन सक्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु भन्‍नुहुन्‍छ, ‘यसैले हे मेरो दास याकूब, नडरा। हे इस्राएल, हताश नखा। म तँलाई टाढ़ा देशबाट र तेरा सन्‍तानलाई निर्वासन भएको देशबाट बचाएर ल्‍याउनेछु। याकूबलाई फेरि शान्‍ति र सुरक्षा हुनेछ। कसैले त्‍यसलाई डर देखाउन सक्‍नेछैन’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण हे मेरो सेवक याकोब, नडरा; हे इस्राएल, हताश नहो,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘म निश्‍चय नै तँलाई टाढाको ठाउँबाट र तेरा सन्तानहरूलाई बेबिलोनको कैदबाट बचाउनेछु। याकोब फेरि शान्ति र सुरक्षामा हुनेछ; अनि कसैले पनि इस्राएललाई भयभीत पार्न सक्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण हे याकूब मेरो दास! नडराऊ।” यो परमप्रभुबाट आएको सन्देश हो। “हे इस्राएल! नडराऊ! म तिमीलाई ती सुदूरका देशहरूबाट जोगाएर ल्याउँछु अनि तिमीहरूका सन्तानहरूलाई कैदी बनाउने देशहरूबाट जोगाउनेछु। याकूब फर्कनेछ अनि फेरि शान्ति पाउनेछ र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।