Jeremiah 30:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका चोटका निम्ति अब दु:ख नपोखाओ, त्यसबाट निको हुने उपाय छैन। मैले तिमीहरूलाई यस्तो दण्ड दिएँ किनभने तिमीहरूका पाप धेरै छन् र तिमीहरूको दुष्टता अति ठूलो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो चोटको कारण, तेरो निको नहुने दुखाइको कारण तँ किन रुन्छस्? तेरो ठूलो दोष र धेरै पापहरूको कारणले यी सबै मैले तँलाई गरेको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ आफ्नो घाउले गर्दा र तेरो निको नहुने पीडाको निम्ति किन रुन्छस्? तेरो ठूलो अपराध र धेरै पापहरूका कारण मैले तँसँग यी कुराहरू गरेको हुँ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएल र यहूदा तिमीहरूका कष्टदायक घाउका निम्ति किन रोइरहेका छौ? त्यसको कुनै उपचार नै छैन। मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू र अनगन्ती पापहरूको कारणले तिमीहरूलाई यस्तो पारेको छु।