Jeremiah 30:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब तिमीहरूलाई निल्‍नेहरू सबै आफैं निलिनेछन्, तिमीहरूका शत्रुहरू देशनिकाला गरी कैदमा लगिनेछन्। तिमीहरूलाई अत्‍याचार गर्नेहरू सबै आफैं अत्‍याचारमा पर्नेछन् र लुट्‍नेहरू सबै लुटिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर तँलाई निल्‍नेहरू सबै निलिनेछन्‌। तेरा सबै शत्रुहरू निर्वासनमा लगिनेछन्‌। तँलाई लुट्‌नेहरू लुटिनेछन्‌। तँलाई बिगार्नेहरूलाई म बिगार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर तँलाई निल्नेहरू सबै अरूद्वारा निलिनेछन्; तेरा सबै शत्रुहरू निर्वासनमा जानेछन्। तँलाई लुट्नेहरू अरूद्वारा लुटिनेछन्; तँलाई बिगार्नेहरूलाई म बिगारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण ती सबै ज-जसले तिमीहरूलाई नष्ट पार्छन तिनीहरूलाई पनि नष्ट परिनेछ। तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ। ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन। तिनीहरू आफै नष्ट हुनेछन। ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन् अरूले तिनीहरूलाई लुटनेछन्।