Jeremiah 30:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई फेरि निको गराउनेछु। तिमीहरूका घाउहरू निको पार्नेछु। यद्यपि तिमीहरूका शत्रुहरूले यसो भन्छन्, ‘सियोन परित्याग गरिएको छ, कसैले त्यसको वास्ता गर्दैन।’ म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने तँलाई त्यागिएकी, कसैले वास्ता नगर्ने सियोन भनिन्छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तँलाई फेरि स्वस्थ तुल्याउनेछु, र तेरा घाउहरू निको पार्नेछु,’ याहवेह घोषणा गर्नुहुन्छ; ‘किनकि तँलाई बहिष्कृत गरिएका भनिनेछ, सियोन, जसको कसैले वास्ता गर्दैन।’
Nepali ERV (पवित्र बाइबल)
अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”