Jeremiah 30:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँका बासिन्‍दाहरूले प्रशंसाका गीत गाउनेछन् र आनन्‍द मनाउनेछन्। मेरो आशीर्वादले तिनीहरूको सङ्‍ख्‍या घट्‍नेछैन तर बढ्‍नेछ। म तिनीहरूलाई आदर दिनेछु र तिनीहरूको अनादर हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूबाट धन्‍यवादको स्‍तुतिगान र आनन्‍दको सोर सुनिनेछ। म तिनीहरूका संख्‍याको वृद्धि गर्नेछु, र तिनीहरू घट्‌नेछैनन्‌। म तिनीहरूमा सम्‍मान ल्‍याउनेछु, र तिनीहरूलाई ठट्टा गरिनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूबाट धन्यवादका स्तुतिगान र आनन्दको सोर निस्कनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु; अनि तिनीहरू घट्नेछैनन्; म तिनीहरूलाई आदर दिनेछु; अनि तिनीहरू अपहेलित हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको स्वर गुञ्जिनेछ। म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति आशीर्वाद दिनेछु। तिमीहरू कम्ती हुनेछैनन्। म तिनीहरूमा गौरव ल्याउनेछु र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।