Jeremiah 30:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[21-22] तिनीहरूका राजा आफ्नै जातिबाट आउनेछन् र मानिसहरूका बीचबाट राजकुमार आउनेछन्। मैले त्यसलाई बोलाउँदा त्यो मेरो नजिक आउनेछ किनभने मैले नबोलाएसम्म कसले मेरो छेउमा आउने साहस गर्न सक्छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको अगुवा तिनीहरूमध्येकै एक जना हुनेछ। तिनीहरूको शासक तिनीहरूकै बीचबाट निस्कनेछ। म त्यसलाई मेरो नजिक ल्याउनेछु, र त्यो मेरो नजिक आउनेछ। किनकि मेरो नजिक आउनलाई कसले आफै भक्ति गर्नेछ?’ परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको अगुवा तिनीहरूकै आफ्नै जातिबाट हुनेछ; तिनीहरूको शासक तिनीहरूमध्येबाट खडा हुनेछ। म त्यसलाई मेरो नजिक ल्याउनेछु र त्यो मेरो नजिक आउनेछ; किनकि आफैँले साहस गरेर को मेरो नजिक आउनसक्छ र?’ याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ। त्यो मानिस उसका मानिसहरूबाट हुनेछ। म उसलाई मेरो नजिक ल्याउनेछु र उ मेरो नजिक आउनेछ। यदि मैले उसलाई नबोलाए कसले मेरो अघि आउने सहास गर्छ, परमप्रभु भन्नुहुन्छ।